पुष्पलालको स्मृतिमा रक्तदान
पोखरा, ८ साउन – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँं स्मृति दिवसका अवसरमा आज यहाँ एक सय २१ युनिट रगत सङ्कलन भएको छ ।
नेकपा (एमाले) कास्कीको आयोजना तथा युवा सङ्घ नेपालको व्यवस्थापनमा भएको सो रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै एमालेका नेता खगराज अधिकारीले एमालेको नेतृत्वमा बनेको सरकारको लोकप्रियता बढ्दै गएपछि अत्तालिएर जबर्जस्ती सरकार ढलाउन लागिएको आरोप लगाए।
पार्टीका जिल्ला सचिव दामोदर वैरागीले एमालेले सत्ता बाहिर रहे पनि जनताको सेवा गरिरहने धारणा राखे।
-रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




