स्वास्थ्य चौकी हस्तान्तरण

52
Shares

healthpost1

रसुवा, ८ साउन –  करुणा फाउन्डेसनले धुन्चेमा निर्माण गरेको स्वाथ्य चौकी आज हस्तान्तरण गरिएको छ ।

करिब रु ४० लाखको लागतमा प्रिफेब ढाँचामा निर्मित छकोठे स्वास्थ्य चौकी स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख सहसचिव महेन्द्रबहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संस्था पुनःनिर्माण अन्तर्गत ११ नयाँ निर्माण र तीन वटा मर्मतको जिम्मा लिएको फाउन्डेसनले राम्चे तथा धुन्चेमा स्वास्थ्य चौकी बनाइसकेको तथा लाङटाङ बाहेकका अन्य स्थानमा निर्माण गरिरहेको छ । चौकी निर्माण गर्न हाम फाउन्डेसन नेदरल्यान्डसको आर्थिक सहयोग र ‘रिच आउट टु नेदरल्यान्डस’को समन्वय रहेको बताइएको छ ।

-रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *