स्वास्थ्य चौकीमा स्तरोन्नती भएर पनि सुरक्षीत प्रसूतिसेवा दिन सकेनन्

0
Shares

डडेल्धुरा, ६ साउन – डडेल्धुराका पाँचवटा स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा अझै सुरु हुन सकेको छैन ।ती स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा अझै सुरु हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकीमा स्तरोन्नती भएपछि पाँच वटा स्वास्थ्य संस्थाले प्रदान गर्नुपर्ने सुरक्षित प्रसूति सेवा अहिलेसम्म सुरु हुन नसकेको हो ।कर्मचारी तथा भवन अभावमा सेवा सुरु हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त प्रमुख भोजराज भट्टले बताए ।

अमरगढी नगरपालिका क्षेत्रभित्र रहेका भूमिराज, उग्रतारा, घटालडोटी स्वास्थ्य चौकीमा भवन अभावसँगै उपक्षेत्रीय अस्पताल नजिकै भएकाले सेवा लिनेहरु उपक्षेत्रीयमा नै जाने लगायतका कारणले सुरक्षित प्रसुति सेवा बन्द रहेको खोप अधिकृतसमेत रहनु भएका भट्टले जानकारी दिए ।

यस्तै, मष्टामाडौँ र समैजी स्वास्थ्य चौकीको सुरक्षित प्रसुति सेवा भवन अभावकै कारणले बन्द रहेको उनले जानकारी दिए । अहिले जिल्लामा रहेका २४ वटा स्वास्थ्य चौकीमध्ये १९ वटाले मात्र सुरक्षित प्रसूति सेवा प्रवाह गरिरहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *