भियतनाममा गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्यो

0
Shares

 

garbhaहनोई, ३ साउन –  भियतनाममा गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको छ । सन् २०१५ मा मात्र गर्भपतन गराउने व्यक्तिको सङ्ख्या २ लाख ८० हजार पुगेको समाचारमा जनाइएको छ ।

यसरी गर्भपतन गराउनेमा १९ वर्षभन्दा मुनिका युवतीको सङ्ख्या पनि बढ्दो मात्रामा रहेको देखिएको छ । प्राप्त समाचारमा भियतनाममा सन् २०१५ मा मात्र १९ वर्षभन्दा मुनिका छ हजार युवतीले गर्भपतन गराएका थिए ।

यो तथ्याङ्क सार्वजनिकस्थलमा रहेका गर्भपतन गराउने केन्द्रहरुबाट लिइएको बताइएको छ । तर लाजका कारण लुकिछिपी गर्भपतन गराउने गरेका व्यक्तिको सङ्ख्या यो भन्दा अझै धेरै रहेको स्वास्थ्यका अधिकारीहरुले नै जनाएका छन् ।

उनीहरुका अनुसार यसरी गर्भपतन गराउने महिलाहरु वर्षेनी बढ्दै गएका छन् । तर यसअघिका वर्षहरुको तुलनामा सन् २०१५ मा यो सङ्ख्या के कति मात्रामा बढ्यो भन्ने बारेमा भने स्पष्ट रुपमा खुलाइएको छैन ।

भियतनामको परिवार नियोजनसम्बन्धी संस्थाले दिएको जानकारीअनुसार यहाँ गर्भपतन गराउने आमाहरुमध्ये कम्तीमा पनि २ प्रतिशत १९ वर्ष मुनिका युवती रहेका छन् ।

भियतनामा पछिल्ला वर्षहरुमा १९ वर्षमुनिका युवतीमध्ये तीन प्रतिशत गर्भवती हुने गरेका छन् ।

 

– रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *