मापसेको चोट स्वास्थ्य बीमाले नहेर्ने

0
Shares

mohp

काठमाडौँ, ३ साउन – सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले ५० हजार रुपैयाँसम्मको प्राय सबै उपचार हुने भएको छ । तर केही केही अवस्थाका बेलामा उपचार गर्न भने विमितले आफ्नै रकम छुट्याउनुपर्छ ।

त्यसरी आफै रकम छुट्याउन पर्ने अवस्था भनेको मादक पदार्थ वा लागू पदार्थ सेवनका कारण भएको दुर्घटनासम्वन्धी उपचार, गर्भपतन, झै झगडाका कारण लागेको चोटपटक लाग्दा गर्ने उपचारमा हो । त्यस्तै कृतिम गर्भाधान, लिंगपरिवर्तन, कस्मेटिक सर्जरी, ५ सय बढीका चस्मा तथा सुन्ने यन्त्रहरुको खर्च पनि बीमामा नसमेटिएको जनाइएको छ ।

स्वास्थ्य बीमा सञ्चालन गरेको सरकारी निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका जनस्वास्थ्य प्रशासक प्रणय उपाध्यायले बीमाले धेरै रोगको उपचारमा सघाए पनि केही अवस्थामा भने साथ नदिने बताए ।

उनले बहिरंग सेवाबाट सिफारिस औषधिमा १५ प्रतिशत र प्रेषणबीना आकस्मिक अवस्थामा बाहेक प्रथम सेवा विन्दुभन्दा अन्यत्र सेवा लिन गएमा ५० प्रतिशत रकम तिर्नुपर्ने समेत जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *