भारतमा घरेलु मदिरा सेवनबाट १७ जनाको मृत्यु

0
Shares

नयाँ दिल्ली, २ साउन –  भारतको उत्तर प्रदेशमा घरेलु मदिरा पिउदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने अन्य १२ जनाको अस्पतालमा उपचार भईरहेको, भारतीय प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशको इताह जिल्ला प्रहरी स्रोतका शुक्रबार राति मदिरा सेवन गरेका उनीहरूमा वान्ता हुने, पेट दुख्ने र दृष्टि धमिलो हुने लगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

उपचारको क्रममा केहीको मृत्यु भएको बताइएको छ भने १२ जना अस्पतालमा उपचाररत छन्, एक प्रहरीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *