डा. केसी भन्छन्, ‘मेरो अनसन अस्पतालमै हुन्छ’

dr gobind kc

काठमाडौँ २४ असार – त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले अनसन बस्ने आफ्नो घोषणा यथावत रहेको बताएका छन् । उनले यसअघि जस्तै आफ्नो अनसन त्रिवि शिक्षण अस्पतालमै हुने समेत स्पष्ट पारेका छन् ।

आफ्ना माग पुरा गर्न सरकारलाई शनिबारसम्मको समय रहेको भन्दै सो अवधीमा माग पुरा नभए आइतबारबाट आफ्नो पूर्वघोषित अनसन सुरु हुने बताएका छन् ।

यसअघि पटक पटक अनसन बसेका डा. केसीले यसपटक अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाई बर्खास्त गर्नुपर्ने सहितका विभिन्न माग राखेका छन् । यद्धपी कार्कीको बर्खास्ती बाहेकका अन्य माग ओझेलमा परेका छन् । सोही कारण हुनसक्छ अख्तियारले पनि डा. केसीको घोषणा लगत्तै कडा विज्ञप्ती निकालेको थियो ।

शुक्रबार विहान नेपाली हेल्थसंग कुरा गर्दै डा केसीले आफ्नो पूर्वघोषत अनसन कार्यक्रम यथावत रहेको बताए । उनले आफ्नो अनसन यसपटक पनि अस्पताल परिषरमै हुने स्पष्ट पारे । ‘म विकृति विसंगती विरुद्ध आन्दोलनमा होमिएको हुँ,’  नेपाली हेल्थसंग डा. केसीले भने त्यसैले मेरो अनसन घोषित मितिमै हुन्छ ।र पहिलेजस्तै यहि अस्पतालमै अनसन बस्छु ।”

अस्पतालमा अनसन नबस्न जिल्ला प्रशासनले पठायो पत्र

यता जिल्ला प्रशासन कार्यालय काठमाडौँले डा केसीको अनसनलाई लक्षित गर्दै अस्पतालको सेवा अवरुद्ध हुने गरी कुनैपनि गतिविधि नगर्न नगराउन त्रिवि शिक्षण अस्पताल र चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमलाई पत्र पठाएको छ ।

पत्रमा भनिएको छ, ‘नेपाल सरकारको आवस्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले अस्पताल सहितका विभिन्न सेवामा अवरोध हुने गरी हडताल तथा गतिविधि गर्न निशेध गरेकोले सोही अनुसार गर्न गराउन भनिएको छ । यसको विरुद्धमा गएमा कानून बमोजिम सजाय हुने समेत उल्लेख गरिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले शिक्षण अस्पताल र आइओएमलाई पत्र पठाई सेवा अवरुद्ध हुने गरी गतिविधि नगर्न नगराउन निर्देशन दिएको बताए ।

उनले भने, ‘सूचना राजपत्रमा निस्किइसकेको छ । यो अनुसार अस्पताल सहित अत्यावश्यक भनिएका विभिन्न क्षेत्र र कामहरुमा अवरोध गर्न पाइदैन् । हामीले त्रिवि शिक्षण अस्पताल र डीन अफिसलाई सोही बारेमा पुर्न सचेत गराएका हौँ ।’

स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयबाट पत्र आएपछि डीन कार्यालय र फ्याकल्टीहरुले डा केसीलाई अनसन नबस्न र बस्नेनै भए अस्पताल परिषरमा नबसिदिन आग्रह गरेका थिए ।

तर डा केसीले आफू भद्रअवज्ञा गर्ने र त्यो राज्यलाई सिस्टममा ल्याउनकै लागि हुने भएकोले अनसन बस्ने बताएका थिए । उनले अस्पतालमा नपाए आफ्नो क्वाटरमै भएपनि अनसन बस्ने बताए । केसीले क्वाटरमा बस्छु भनेपछि डीन अफिसले क्वाटरमा बस्न पाइने कि नभपाइने भन्दै जिल्ला प्रशासनलाई सोधेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *