मासु खाँदा बीस जना बिरामी

52
Shares

red-meat-women-breast-cancer

भीमदत्तनगर, ७ असार–  कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकामा मरेको खसीको मासु खाँदा २० जना बिरामी भएका छन् ।

बिरामीमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

सोमबार नगरपालिका–८ फुलेलीका दिलबहादुर ऐरले स्थानीयवासीलाई झुक्याएर मरेको खसीको मासु बिक्री गरेको र सोही मासु खाँदा स्थानीयवासी बिरामी परेको इलाका प्रहरी कार्यालय झलारीका सहायक प्रहरी निरीक्षक गणेश धामीले जानकारी दिए ।

“प्रतिकिलो रु दुई सयका दरले गाउँमा मासु बेचेको रहेछ”, प्रहरी सहायक निरीक्षक धामीले भने, “गाउँलेहरु बिरामी परेपछि मरेको खसीको मासु बेचेछ भन्ने थाहा भयो ।” बिरामी परेकामध्ये सात वर्षीया पवित्रा जोशी र आठ वर्षीय भुवनराज जोशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पवित्राकी आमा ३२ वर्षीया गौरी पनि मासु खाँदा बिरामी परेकी छन् । “सोह्र जनाको झलारी बजारका स्थानीय स्वास्थ्य संस्थामा उपचार हुँदैछ”, धामीले भने, “चार जना उपचारपछि घर फर्किसकेका छन् ।” रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *