सगरमाथा अञ्चल अस्पतालमा रगत अभाव
राजविराज, ४ असार – राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको हाताभित्र रहेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ ।
केन्द्रमा १५ दिनदेखि रगत अभाव रहेको केन्द्रले जनाएको छ । ‘ए’ पोजेटिभ र नेगेटिभ ‘बी’ पोजेटिभ र नेगेटिभ तथा ‘ओ’ पोजेटिभ रक्त समूहको रगत अभाव भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा रगतको बढी खपत रहेकाले र धेरै दिनदेखि कुनै सङ्घसंस्थाले रक्तदान नगरेका कारण रगत अभाव भएको बताइएको छ ।
– रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




