सगरमाथा अञ्चल अस्पतालमा रगत अभाव

blood

राजविराज, ४ असार – राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको हाताभित्र रहेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ ।

केन्द्रमा १५ दिनदेखि रगत अभाव रहेको केन्द्रले जनाएको छ । ‘ए’ पोजेटिभ र नेगेटिभ ‘बी’ पोजेटिभ र नेगेटिभ तथा ‘ओ’ पोजेटिभ रक्त समूहको रगत अभाव भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा रगतको बढी खपत रहेकाले र धेरै दिनदेखि कुनै सङ्घसंस्थाले रक्तदान नगरेका कारण रगत अभाव भएको बताइएको छ ।

– रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *