नेपाल फर्मास्यूटिकल एसोसियसन (एनपीए)को अध्यक्षमा शशिकान्त चौधरी

npa1काठमाडौँ, १६ जेठ – फार्मासिष्टहरुको छाता संगठन नेपाल फर्मास्यूटिकल एसोसियसन (एनपीए)को शनिबार सम्पन्न अधिवेशनले शशिकान्त चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । एसोसियसनको उपाध्यक्षमा सुमन ज्ञवाली र महासचिवमा ललित मोहन पन्त निर्वाचित भएका छन् ।

त्यस्तै एसोसियसनको सचिव राजेश श्रेष्ठ र कोषाध्यक्षमा प्रियसा महर्जन निर्वाचित भएका छन् । सह कोषाध्यक्षमा जयबहादुर घले र प्रचार सचिवमा संजीव कट्टेल निर्वाचित भएका छन् ।

एसोसियसनको तीन जना केन्द्रीय सदस्यहरुमा प्रकाश रावल, राजकुमार शाह र विजय बिक्रम श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका सदस्य प्रदीप लम्सालले जानकारी दिए ।

कुल सदस्यसख्या १ हजार दुई सय बढी भएपनि हिजो सम्पन्न निर्वाचनमा ६५१ मत मात्रै खसेको थियो । निर्वाचनको अन्तिम मत परिणाम भने आज विहान साढे पाँच बजे मात्रै आएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *