६ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण
पोखरा, ९ जेठ – पोखराको बाटुलेचौरमा शनिबार भएको मधुमेह, मिर्गौला र पिसाब परीक्षण शिविरमा ६ सय बढी लाभान्वित भएका छन् ।
स्थानीय हिमालय क्लबको आयोजना तथा युनाइटेड रेफरेन्स लेबोरोटरी (युआरएल)को प्राविधिक सहयोगमा मधुमेह, मिर्गौला र पिसाब निःशुल्क र अन्य स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट दिइएको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।
उक्त कार्यक्रममा बाटुलेचौर, लामाचौर, घार्मी, अर्मलालगायत अन्य ठाउँबाट पनि मानिस आएर स्वास्थ्य परीक्षण गरेका थिए ।सो कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ मुकुन्द आचार्यले नियमित स्वास्थ्य परीक्षण गर्दै गएमा रोग लाग्नबाट बच्न सकिने बताए ।
यस्तै पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसनले गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत सङ्कलन भएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



