सरकारी अस्पतालमा काम गरेका नक्कली डाक्टरसंग झण्डै ३१ लाख धरौटी माग

 सुजितकुमार श्रेष्ठ
सुजितकुमार श्रेष्ठ

काठमाडौँ –  नक्कली आरोपमा पक्राउ परेका  चिकित्सकलाई बढीमा तीस हजार धरौटी लिदै छाड्दै गरेको काठमाडौँ जिल्ला अदालतले एक डाक्टरसंग भने झण्डै ३१ लाख रुपैया धरौटी माग गरेको छ । उक्त रकम बुझाउन नसकेपछि नक्कली आरोपमा पक्राउ परेका ती डाक्टर जेल पुगेका छन् ।

काठमाडौँ जिल्ला अदालतले थानकोटका सुजितकुमार श्रेष्ठलाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा ३० लाख ६२ हजार ८ सय तथा नेपाल मेडिकल काउन्सिल ऐन अन्तर्गतको मुद्दामा ३० हजार रुपैयाँ धरौटी माग गरेको थियो । सो बुझाउन नसकेपछि श्रेष्ठ कारागार कार्यलय जगन्नाथदेवलमा थुनामा परेका छन् ।

अनुसन्धानका क्रममा श्रेष्ठले अमृत साइन्स क्याम्पसमा आइएस्सी अध्ययन गरेको तर फिजिक्स विषयमा अनुतीर्ण भएपनि उनले परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट नक्कली प्रमाणपत्र बनाई थप अध्यय्न गरेको भेटिएको थियो ।

नक्कली प्रमाणपत्रका आधारमा चीनबाट एमबीबीएस गरेका श्रेष्ठले नेपाल फर्केपछि नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा समेत उत्तीर्ण गर्दै डोटी गएर जिल्ला अस्पतालमा मेडिकल अधिकृतका रुपमा विगत तीन बर्ष देखी काम गरेका थिए ।  नक्कली डाक्टर पक्राउ पर्न थालेपछि श्रेष्ठ विरुद्ध समेत उजुरी परेको थियो ।

नेपाल मेडिकल काउन्सिल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले उनको प्रमाणपत्र छानवीन गर्दा नक्कली भएको पुष्टी भएपछि पक्राउ परेका हुन् । डोटीबाट विदा मनाउन घर आएका बेला उनलाई सीआइबीले गत २० फागुनमा थानकोटबाटै पक्राउ गरेको हो ।

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले छानवीनको क्रम विस्तार हुँदै गएको भन्दै १७ हजार बढीको प्रमाणपत्र छानवीन गर्न लागेको बताए । उनले सरकारी तथा निजी क्षेत्रमा कार्यरत चिकित्सकहरु माथि उजुरी र प्रमाणको आधारमा अनुसन्धान तथा कारबाही अघि बढाइएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *