३८ जना क्षयरोगीलाई फिजियोथेरापी उपचार

0
Shares

stop tbभक्तपुर – भक्तपुरको नाटा डट्स क्लिनिकमा सोमबार क्षयरोगको औषधि सेवन गरिरहेका ३८ जना क्षयरोगी बिरामीको फिजियोथेरापीद्वारा स्वास्थ्य परीक्षण गरिएको छ ।

डा. रमेश साँधद्वारा हाडजोर्नी, नसा रोग तथा अन्य रोगको समस्या भएका यस्ता बिरामीको स्वास्थ्य परीक्षण गरिएको नेपाल क्षयरोग निवारण संस्था (नाटा) का अध्यक्ष बाबुकाजी श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य परीक्षणमा नेपाल क्षयरोग निवारण संस्थाका सचिव राम सिख्वः र स्वास्थ्यकर्मी राजेश्वरी शिल्पकारले क्षयरोगको नियमित औषधि सेवन गराउँदै अन्य रोगको आक्रमणबाट समेत बच्नका लागि अपनाउनु पर्ने विधिका बारेमा जानकारी गराएका थिए । चिकित्सकले बिरामीलाई घर मै बसेर फिजियोथेरापी अभ्यास गर्न सिकाएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *