लाइसेन्स परीक्षा दिन आएका दुई नक्कली डाक्टर पक्राउ

6.8k
Shares

cib

काठमाडौं नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा दुई जना नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पृथ्वीनारायण यादव र राजीवकुमार झा रहेका छन् ।

सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज भएको लाइसेन्स परीक्षामा परीक्षा दिन आएका उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको हो ।

काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार उनीहरुको प्रमाणपत्र छानबीन गर्दा नक्कली पाइएपछि पहिले देखिनै निगरानी गरिएको थियो ।

अहिले परीक्षा दिन आएका बेला (सीआइबी) ले पक्राउ गरेको हो । शनिबारको परीक्षाका लागि १५ सय २५ जनाले फारम भरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “लाइसेन्स परीक्षा दिन आएका दुई नक्कली डाक्टर पक्राउ

  1. Ìwhy you targeted only madeshi tarai yours news paper not published news about chitwan medical college it your relatives?

Leave a Reply

Your email address will not be published. Required fields are marked *