सार्वजनिक स्थानमा चुरोट सेवन गर्नेबाट ३ लाख बढी असुली

No-Smoking_JGGC-1024x614

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा बसी चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुबाट तीन लाख भन्दा बढी जरिमाना असुली गरेको जनाएको छ । पछिल्लो एक महिना यता जिल्ला प्रशासन कार्यालय काठमाडौँ सुर्तीजन्य पदार्थको नियन्त्रणमा सक्रियताका साथ अघि बढेको छ ।

गत पुस १ देखी काठमाडौँको कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले पछिल्लो तीन महिनामा गरेका प्रमुख कामहरुको फेहरिस्त प्रस्तुत गर्ने क्रममा सुर्ती नियन्त्रण अभियानको उपलव्धी सार्वजनिक गरेका थिए । उनले पछिल्लो एक महिनामा सार्वजनिक स्थलमा बसेर चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने तीन हजार २२६ जनाबाट एक सयका दरले ३ लाख २२ हजार ६ सय रुपैयाँ जरिमाना गरी राजस्व खातामा जम्मा गरेको बताए ।

पछिल्लो एक महिनामा सार्वजनिक स्थलमा बसेर चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने तीन हजार २२६ जनाबाट एक सयका दरले ३ लाख २२ हजार ६ सय रुपैयाँ जरिमाना गरी राजस्व खातामा जम्मा गरेको बताए ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले सार्वजनिक स्थानमा चुरोट तथा सुर्तिजन्य पर्दाथको सेवन गर्नेलाई एक सय रुपैयाँसम्म जरिमाना गर्न सक्ने व्यवस्था गरको छ । तर ऐन ल्याइएको चार बर्षसम्म पनि कार्यन्वयन देखिएको थिएन् ।

पछिल्लो समय प्रजिअ सुवेदीसंगै सुर्तीजन्य पदार्थको नियन्त्रण अभियानमा आक्रामक ढंगले प्रस्तुत भएका महानगरीय प्रहरी परिषर टेकुका प्रमुख एसएसपी बिक्रमसिंह थापा, र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको संयुक्त टोलीले यो अभियानलाई प्रभावकारी ढंगले अघि बढाउदै आएको छ ।

एसएसपी थापाका अनुसार प्रहरीले आफू अन्तर्गतका १४ वटै बृत्तलाई चुरोट तथा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न विशेष निर्देशन दिएको छ । सार्वजनिकस्थलमा चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुलाई सुरु सुरुमा सम्झाई बुझाई गर्ने गरेको भएपनि पछिल्लो समय एक सय रुपैँया जरिमाना गर्ने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *