साढे पन्ध्र महिना अघिको निर्णय उल्टाउने प्रयासमा स्वास्थ्य मन्त्री चौधरी

 रामजनम चौधरी
रामजनम चौधरी

काठमाडौँ – सुर्तीजन्य पदार्थको प्याकेट तथा रयापर्समा ९० प्रतिशत चित्रअंकित चेतावनीमुलक स्वास्थ्य सन्देश छाप्नुपर्ने साढे पन्ध्र महिना अघि गरेको सरकारी निर्णय उल्ट्याउने प्रयासमा स्वास्थ्य मन्त्री रामजनम चौधरी नै लागेका छन् ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०६८ लाई संसोधन गरी १२ कात्तिक २०७१ मा नयाँ निर्देशिका जारी भएको थियो । सो निर्देशिकाले २ जेठ २०७२ देखी बजारमा आउने सबैखाले सुर्तीजन्य पदार्थको प्याकेटमा चेतावनीमुलक स्वास्थ्य सन्देश राख्नैपर्ने बाध्यात्मक निर्देशन दिएको थियो । तर उच्चस्रोत भन्छ , कार्यान्वनय गर्नुपर्ने मन्त्रीले व्याापारीको दवावमा परी निर्णय उल्टाउने प्रयासमा लागि परेका छन् ।

स्रोतका अनुसार मन्त्री चौधरीले सुर्तीउद्योगीको आर्थिक प्रभावमा परि सो निर्देशिका पुर्न संसोधन गर्ने तयारीमा लागेका छन् । त्यसका लागि मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ, कानून उपसचिव खिमानन्द भुसाललाई सोमबार नै त्यसको प्रक्रिया टुङ्याउन निर्देशन दिएका छन् । मन्त्रीको निर्देशन पछि सचिव सहितका कर्मचारीहरु भने अलमलमा परेका छन् ।

90 %

त्यसो त संसारमै सवैभन्दा बढी चेतावनीमुलक स्वास्थ्य सन्देश राख्ने निर्णय गरेकै कारणले नेपालले गतवर्ष मात्रै एक लाख डलरको व्लुम्वबर्ग फिलान्थ्रोपिक अवार्ड प्राप्त गरिसकेको छ । जे कारणबाट अवार्ड पाएको छ सोही व्यवस्था नै हटाउने निर्णय गर्दा यसले राम्रो सन्देश नजाने भन्ने पक्षमा सचिव तथा प्रवक्ता देखिएका छन् । तर उच्चस्रोत भन्छ, मन्त्रीले तत्काल जे जसरी हुन्छ कार्यान्वयन नहुने गरी काम अघि बढाउन निर्देशन दिएका छन् ।

संसारमै सवैभन्दा बढी चेतावनीमुलक स्वास्थ्य सन्देश राख्ने निर्णय गरेकै कारणले नेपालले गतवर्ष मात्रै एक लाख डलरको व्लुम्वबर्ग फिलान्थ्रोपिक अवार्ड प्राप्त गरिसकेको छ ।

यसबारेमा मन्त्री चौधरीको धारणा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । मन्त्री चौधरीको फोन नलागेपछि नेपाली हेल्थ डटकमले उनका स्वकीय सचिव रोघाई चौधरीमार्फत मन्त्री चौधरीसंग कुराकानी गर्ने प्रयास गरेको थियो । तर मन्त्री चौधरीले बोल्न मानेनन् , ‘एक छिन होल्डमा बस्नुस है’ भन्दै फोन लिएर गएका स्वकीय सचिव चौधरीले मन्त्रीसंग केही क्षण सल्लाह गरेपछि व्यस्त भएकोले कुरा गर्न नसक्ने भन्दै जवाफ फर्काएका थिए ।

सरकारी नियमको अटेरी गर्दै आएको सुर्तीउद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र महानगरीय प्रहरी परिषर काठमाडौँले संक्रियता देखाउन थालेपछि उद्योगीहरु स्वास्थ्य मन्त्रीलाई नै प्रभावमा पार्न पुगेका हुन् ।

पाँच दिन अघि अनामनगरमा रहेको सूर्य नेपालको आधिकारिक थोक बिक्रेता एबीसी मार्केटिङको गोदाममा काठमाडौँका सिडिओ रामकृष्ण सुवेदी, एसएसपी विक्रमसिंह थापा तथा जनस्वास्थ्यका प्रमुख अत्युत लामिछाने सहितको टोलीले छापामारी मापदण्ड विपरितका करीब ६० लाख बराबरको चुरोट सिल गरेको थियो । त्यसको अघिल्लो दिन दरबारमार्गको ग्रिनलाइन सुपरमार्केट, टंगालको भाटभटेनी सुपरमार्केटबाट ठूलो परिमाणमा ९० प्रतिशत चिंत्र अंकित स्वास्थ्य सन्देश नभएका चुरोट जफत गरेको थियो ।

सो कदम पछि सुर्ती उद्योगीहरुले नेता, मन्त्री र उच्च अधिकारीमार्फत अनुगमनलाई रोकाउने प्रयासमा लागेका थिए । उनीहरुले गतवर्ष सरकारले गरेको निर्णय कुनै हालतमा नमान्ने भन्दै सरकारी अधिकारीहरुलाई नै ठाडै चुनौती दिदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *