चिनिया बैज्ञानिकले बनाए प्रयोगशालामै शुक्रकिट !

sparm

एजेन्सी – बिहीबार चिनिया अनुसन्धानकर्ताहरुले पुरुषमा हुँने बाँझोपनाको समाधान भएको घोषणा गरेका छन् ।

युएस जर्नल सेल स्टेम सेलमा प्रकाशित सो अध्ययन अनुसार बैज्ञानिकहरुले प्रयोगशालामै मुसाको इम्ब्रियोनिक स्टेम कोष( जुन प्रजनन् कोष होइन्)बाट शुक्रकिट बनाएका हुन् । जुन तरिका सम्भवत भविस्यमा पुरुषहरुमा हुने बाँझोपनाको समस्याको हल हुनसक्छ ।

अनुसन्धानमा सहभागी बैज्ञानिकहरुले यो सफलताले पुरुषमा देखिने गरेको बाँझोपनाको समस्या समाधान हुने दावी गरेका छन् ।

अनुसन्धानकर्ताहरुले प्रयोगशालामा बनाइएको सो शुक्रकिट मुसाको अण्डकोषमा पठाई विकसित भ्रूण पोथी मुसामा प्रत्यारोपण गरेका थिए । सो पोथी मुसाले स्वस्थ तरिकाले सन्तानको जन्म दिन सफल भयो ।

नान्जिङ मेडिकल युनिभर्सिटीमा गरिएको सो अध्यय्नका सहायक अनुसन्धानकर्ता सा जिआहोले भने, ‘हामीले अप्रजनन् कोषबाट प्रयोगशालामा पुरुष प्रजनन्कोष( शुक्रकिट बनाउने तरिका ) विकासित गर्न सक्यौँ । यो तरिका पुरुषमा बाझोपनाको हलको एक सफल कारक बन्न सक्छ ।’teem

चाइनीज एकेडेमी अफ साइन्सका प्राध्यापक तथा सो अध्ययनमा सहभागी अनुसन्धानकर्ता जाओ जिओयाङले भने, ‘मुसा र मानिसको फरक स्पेशिस( जाती) र त्यसको सम्भावित खतराको अध्ययन गरिनुपर्ने र मात्रै त्यो तरिका मानिसमा परीक्षण गर्नुपर्ने बताए ।’

न्यूयोर्कका पुरुष बाँझोपना विशेषज्ञ डा. नूतनबार चामाले ‘यो तरिका अदभुत भएको तर अझ अध्ययन हुनुपर्ने भएकोले मानिसमा यो प्रयोग गर्न पाँच देखी दशबर्ष अझै लाग्न सक्ने बताए ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *