सार्वजनिक स्थलमा धूमपान गर्नेमाथि प्रहरीको ‘अन् द स्पट’ कार्बाही

ssp thapa

काठमाडौँ – सार्वजनिक स्थलमा चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेलाई सम्झाई बुझाई गर्दै आइरहेको महानगरीय प्रहरीले विहीबार देखी ‘अन द स्पट’ कारबाही सुरु गरेको छ । अब सार्वजनिक स्थलमा चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेले ठाँउको ठाँउ एक सय रुपैयाँ जरिमाना तिर्नुपर्छ ।

अब सार्वजनिक स्थलमा चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेले ठाँउको ठाँउ एक सय रुपैयाँ जरिमाना तिर्नुपर्छ

महानगरीय प्रहरीका प्रमुख एसएसपी विक्रम सिंह थापाका अनुसार हिजो ( विहीबार ) पहिलो दिन मात्रै सार्बजनिक स्थलमा धूमपान गर्ने ५ सय बढी व्यक्ति कारबाहीमा परेका छन् ।चुरोटको सर्को तानेको भेटिए वा सुर्ती मुखमा राखेको पाइए प्रहरीले पक्राउ गर्छ । एक सय रुपैया प्रहरीलाई बुझाउनै पर्छ । त्यसबापत प्रहरीले जरिमाना तिरेको रसीद उपलव्ध गराउछ ।

एसएसपी थापाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार धूमपान नियन्त्रण अभियानलाई तिव्रता दिएको बताए । उनले आफ्नो अन्तर्गतका १४ वटै बृत्तलाई सर्कुलर जारी गरेको भन्दै जुनसुकै क्षेत्रको सार्वजनिक स्थलमा प्रहरीको निगरानी र कारबाही हुने बताए । उनले सेवनकर्तालाई गरिएको जरिमाना राजश्वमा जम्मा हुने बताए ।

सूर्तिजन्य पदार्थ विरुद्धको अभियानमा सक्रिय संस्था एक्सन नेपालले प्रहरीले सुरु गरेको अन द स्पट कारबाहीको स्वागत गरेको छ । संस्थाका अध्यक्ष आनन्द बहादुर चन्दले सार्वजनिक स्थलमा गरिने सुर्तीजन्य पदार्थको प्रयोगले सेवनकर्ता सहित छेउ छाउका व्यक्तिलाई समेत हानी गर्ने भन्दै यस विरुद्धप्रहरीले चालेको कदम स्वगतयोग्य भएको बताए । उनले प्रहरीको यो कदमलाई आम जनताले स्वागत र सहयोग गर्नुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *