धूमपान विरुद्ध स्कुल कलेजका विद्यार्थीलाई पढाउँदै प्रहरी

mpco_logo-fill-291x250 (1)काठमाडौँ – युवा तथा किशोर किशोरीलाई धूमपानको लतमा लाग्न नदिन महानगरीय प्रहरीले स्कुल तथा कलेजमा गई विद्यार्थीलाई प्रशिक्षण दिन थालेको छ । पछिल्लो दुई सातामा काठमाडौँका १४ वटै बृत्तले ४९ वटा स्कुल तथा कलेजका युवा तथा किशोर विद्यार्थीलाई धूमपान र यसको असरबारे जानकारी गराएको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बिक्रमसिंह थापाले स्वास्थ्यका लागि सबैभन्दा खतरनाक र लागूऔषधमा लाग्नेहरुको सुरुवातको खुडकिलो धूमपान रोक्न प्रहरीनै सक्रिय भएको बताए । उनले आफ्ना १४ वटै बृत्तलाई स्कुल तथा कलेजमा गई धूमपान विरुद्ध कार्यक्रम राख्न निर्देशन दिएको बताए ।

‘मेरो अनुसन्धानले लागूऔषद तथा कुलतमा लागेका ९० प्रतिशत युवा तथा किशोरहरुको कुलत धूमपान वा चुरोट सेवनबाटै सुरु भएको पाएँ । एकापट्टी स्वास्थ्यलाई हानी र अर्को पट्टी घरपरिबार र समाजनै विगार्ने नसाको पहिलो खुडकिलो रोक्नु पर्छ भनेरै अभियान सुरु गरेको हुँ ।’
एसएसपी थापाले पछिल्लो समय प्लसटू लेभलका विद्यार्थी तथा किशोर किशोरीहरु धूमपानको कुलतमा बढि सक्रिय भएको पाइएकोले कलेजमै गई प्रशिक्षण दिन थालिएको बताए । ‘हामी चुरोट सेवनले स्वास्थ्यमा पार्ने असरबारे भन्छौँ, कानूनी कुरा सिकाउछौँ, व्यवहारिक ज्ञान दिन्छौँ । ताकि उसले चुरोट सेवन तर्फ केन्द्रीत नहोस । अहिलेसम्म ४९ वटा कलेजमा कार्यक्रम राखिसकिएको छ,’ नेपाली हेल्थसंग उनले भने ।pulice

त्यसो त महानगरीय प्रहरीले यसअघि सार्वजनिक स्थलमा धूमपान गर्ने विरुद्ध धूमपान तथा लागूऔषध नियन्त्रण दस्ता गठन गरि परिचालन गरेको छ । सो दस्ताले सार्वजनिक स्थलमा धूमपान गर्नेलाई पहिलो चरणमा सम्झाउने र धूमपान नगर्न सल्लाह दिने गरको छ । सो दस्ताले सार्वजनिक स्थलमा धूमपान गर्ने हालसम्म ८ हजार ८१० जना व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाई बुझाई पठाएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *