देशभरका २६ हजार व्यक्तिमा ‘शुक्ष्मपोषण तत्व सर्भेक्षण’ गरिँदै

1.2k
Shares

bal swasthya

काठमाडौँ – सरकारले आगामी २२ चैत देखी देशका ७३ वटा जिल्लामा दोस्रो सुक्ष्मपोषण तत्व सर्भेक्षण सुरु गर्ने भएको छ । आगामी असार महिनासम्म चल्ने उक्त सर्भेक्षणमा बालबालिकामा भिटामिन ‘ए’को अवस्था, आयोडिन, जिंक, आइरन लगायतका तत्वहरुको अध्ययन गरिने जनाइएको छ ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाका अनुसार सर्भेक्षणमा ४ हजार ३२० घरधुरीका २५ हजार ९२० जना बालबालिका तथा महिला समेट्ने लक्ष्य लिइएको छ । तर सर्भेक्षणमा हुम्ला र रसुवा जिल्ला परेका छैनन् ।

बालबालिकामा भिटामिन तथा पोषणको अवस्थाबारे जानकारी लिन यो सर्भेक्षण गरिन लागिएको महाशाखाले जनाएको छ । महाशाखाका पोषण शाखा प्रमुख गिरीराज सुवेदीले १८० वटा क्लस्टर बनाई सर्भेक्षण गर्न लागिएको बताए । उनले सर्भेक्षणका क्रममा बालबालिकाबाट रगतको नमूना संकलन गरिने जानकारी दिए । उनले सोही कारण ६ र ७ गते खुवाइने भिटाभिने ए कार्यक्रम २० र २१ फागुनका लागि सारिएको जानकारी दिए ।

त्यसबाहेक सर्भेक्षणमा १५ देखी ४९वर्षका महिला , गर्भवती महिला, गर्भवती नभउका महिला, १० देखी १९ बर्षका किशोर किशोरी, ६ देखी ९ बर्षका बालबालिका समेत समेटिने छन् ।

सर्भेक्षणका टोली नेता डा. राजेन्द्र बिसीका अनुसार २२ बर्षबाट सञ्चालनमा ल्याइएको भिटामिन ए कार्यक्रम कत्तिको प्रभावकारी छ भन्ने बारेमा अध्ययन गर्न लागिएको हो । यो अध्ययनले देखाएको नतिजा अनुसार कार्यक्रमको समिक्षा हुने बताए ।

उनले सर्भेक्षणमा ल्याव टेक्निसियन, स्टाफनर्स, पव्लिकहेल्थका विद्यार्थीहरु सहभागी हुने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “देशभरका २६ हजार व्यक्तिमा ‘शुक्ष्मपोषण तत्व सर्भेक्षण’ गरिँदै

  1. Good news. Thanks to CHD for initiation. It is high time to assess the impact of Vitamin A and iron supplementation. But how authentic would be the outcome of survey is the most burning issue. In addition to government run programs for Vitamin A and Iron supplementation, Nepalese have been also consuming their farm produces that supply these micro-nutrients.

Leave a Reply

Your email address will not be published. Required fields are marked *