स्वास्थ्य बीमा कार्यक्रमका नयाँ हाकिम कोइराला

mohp

काठमाडौँ – स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न गठित सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले नयाँ निर्देशक पाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सहसचिव प्रदीपकुमार कोइरालालाई समितिको कार्यकारी निर्देशकको जिम्मेबारी दिएको हो ।

यसैपटक सहसचिवमा बढुवा भएका कोइराला केही दिन अघि मात्रै गृहमन्त्रालयबाट स्वास्थ्यमा सरुवा भई आएका हुन् ।सिचाई मन्त्रालयबाट स्वास्थ्यमा आएका अर्का सहसचिव दानध्वज बस्नेत मन्त्रालयकै कर्मचारी प्रशासन महाशाखामा सम्हाल्ने भएका छन् ।

यसअघि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमा स्वास्थ्य मन्त्रालयकै सहसचिवले हेर्ने प्रचलन थियो । यसअघिका सहसविच श्रीकृष्ण नेपाल र त्यसभन्दा अघिका सहसचिव केदारबहादुर अधिकारी मन्त्रालयको मानव संसाधन तथा वित्तिय स्रोत व्यवस्थापन महाशाखासंगै समितिको जिम्मेबारी सम्हाल्ने गरेका थिए ।

तर यसपटक एउटा मात्रै दरवन्दी खालि भएकोअवस्थामा सामान्य प्रशासन मन्त्रालयले दुई जना सहसचिव पठाएपछि एक जनालाई समिति मात्रै हेर्ने गरि जिम्मेबारी दिइएको हो ।

पटक पटक घोषणा तर कार्यान्वय सून्य

स्वास्थ्य मन्त्रालयले तीन बर्ष अघि नै इलाम, बाग्लुङ र कैलाली जिल्लामा स्वास्थ्य बीमा नमुनाको रुपमा सुरु गर्ने जनाएको थियो । पहिलो पटक घोषणा गर्दा तीन जिल्लामा र दोस्रो पटक घोषणा गर्दा थप पन्ध्र जिल्लामा लागू हुने बताइएको थियो । तर तेस्रो पटक घोषणा हुँदासम्म न पहिलो तीन जिल्लामा लागू भयो न दोस्रो पटक घोषणा भएको १५ जिल्लामा । यद्धपी समितिले पछिल्लो पटक थप १० जिल्ला छनौट गरि कार्यक्रम अघि बढाउने तयारीमा रहेको जनाएको छ ।

बीमा कार्यक्रमका लागि छुट्याएको बजेट बर्षेनी रकमान्तर गर्दै अन्यत्र खर्च गर्दै आएको मन्त्रालयले यसपटक पनि ५० करोड रकम  छुट्याएको छ । तर यसपटक देखी कार्यक्रम सुरु हुन्छ भन्ने अवस्था अहिलेसम्म नबनेको समितिका कर्मचारीहरु बताउछन् ।

‘पहिले हाकिमको सरुवा भयो , त्यसअघि भूकम्प नाकाबन्दीका लफडा भयो । यस्तो गर्दा गर्दै यसपटक पनि ढिला भएको छ । अब तिब्र गतिमा काम भएपनि असार अगावै कार्यान्वनय हुने सम्भावना एकदमै कम छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *