एमाओवादी उपाध्यक्ष नारायणकाजीलाई स्वाइन फ्लु

0
Shares

nk shresthaकाठमाडौँ – एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लु भनेर चिचिने इन्फुलेन्जा ए (एच वन एन वन) भएको छ ।

मंगलबार नेता श्रेष्ठले  आफूलाई स्वाइन फ्लु भएको कुरा सामाजिक सञ्जाल मार्फत नै सार्वजनिक गरेका छन् । विगत नौ दिन देखी ज्वरोले थलिएको र टेकुस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालामा थ्रोट स्वाब परीक्षण गराउदा आफूलाई स्वाइनफ्लु भएको पत्ता लागेको बताएका छन् ।

अहिले घरमै आराम गरिरहेका श्रेष्ठले यसअघि टाइफाइडको आशंकामा किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्कोमा उपचार गराएका थिए तर स्वाइनफ्लु भएपछि घरमै बेड रेष्ट गरेका छन् ।

मंगलबार दिउसो ट्वीट गर्दै श्रेष्ठले स्वाइनफ्लु भएकै कारण आफूले नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई सशरीर उपस्थित भई श्रद्धान्जली व्यक्त गर्न नसकेको बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *