पदस्थापन नभएपछि डा. केसी मन्त्रालयमा

dr naresh

नेपाली हेल्थ / काठमाडौँ – दुई साता अघि सफाई पाएका स्वास्थ्य सेवा विभाग राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका तत्कालिन निर्देशक डा . नरेशप्रताप केसी (११ औ तह) र बरिष्ट जनस्वास्थ्य अधिकृत कृष्णबहादुर चन्द ( १० औँ तह )को अझै पदस्थापना भएको छैन । पदस्थापना नभएपछि उनीहरु स्वास्थ्य मन्त्रालयमा हाजिर हुने गरेका छन् ।

मिसोप्रोस्टल औषधि खरीद प्रकरणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० जेठमा उनीहरु सहित ११ जनालाई भ्रष्टाचार अभियोग लगाई विशेष अदालतमा मुद्धा दायर गरेको थियो । तर अदालतले झण्डै २० महिना पछि गत ७ माघमा सबै ११ जनालाई सो अभियोगमा सफाई दिएको थियो ।

‘सफाई पाएपछि पदस्थापन गर्नुपर्ने हो तर अहिलेसम्म भएको छैन् । हामी दुई जना मन्त्रालयमा हाजिर हुने फर्कने काम भएको छ’ विहीबार मन्त्रालयमा भेटिएका डा. केसीले नेपाली हेल्थसंग भने ।

डा. केसीकै समूहमा सफाई पाएका अन्य कर्मचारीहरु पवन कोइराला, रामसुन्दर यादव हेमलाल ज्ञवाली भने पुरानै पदमा बहाली भई काम सुरु गरिसको छन् ।

आपूर्तिशाखाका तत्कालिन निर्देशक तारा पोखरेलले मिसोप्रोस्टल प्रकरणमा सफाई पाएपनि अर्को मुद्धाको टुंगो नलागेकोले पूर्ण सफाई पाएका छैनन् ।

सोही केशमा परी सफाई पाएका स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशकद्धय डा. मिङमार ग्याल्जेन शेर्पा र डा. लखनलाल साह भने सेवा निवृत्त भइसकेका छन् । डा. शेर्पा अहिले स्वास्थ्य उपचार तथा सामाजिक कार्यमा सक्रिय छन् । डा. साह पनि जनकपुरको स्थानीय अस्पतालमा सेवा दिदै बसेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *