डा. केसीको अनसन दुई साताका लागि स्थगित

dr gobind kc

नेपाली हेल्थ/काठमाडौँ – त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले सोमबारबाट गर्ने भनिएको पूर्वघोषित आमरण अनसन दुई साताका लागि स्थगित गरेका छन् ।

उनले सो अवधिसम्म माग पुरा नभए आठौँ चरणको आमरण अनसन सुरु हुने जनाएका छन् । यद्धपी उनले आफ्ना माग विरुद्धका कार्य त्यसअघि भए दुई साता समेत नपर्खिने स्पष्ट पारेका छन् ।

सोमबार अपरान्ह नेपाली हेल्थसंग कुरागर्दै डा केसीले सरकारी अधिकारी तथा नागरिक अगुवाको आग्रहमा तत्कालका लागि अनसन स्थगित गरेको बताए ।

उनले चिकित्सा शिक्षा आयोगले काम सुरु गर्न लागेको र अन्य माग समेत कार्यान्वनय गराउन दवाव दिने नागरिक अगुवाले प्रतिवद्धता जनाउदै अनसन स्थगित गर्न आग्रह गरेपछि आफू त्यसलाई स्वीकार गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *