अनसन फिर्ता लिन डा. केसीलाई शिक्षामन्त्रीको आग्रह

नेपाली हेल्थ /काठमाडौँ-

Giri-Raj-Mani
शिक्षामन्त्री गिरीराजमणी पोखरेलले प्राडा गोविन्द केसीलाई अनसन नबस्न आग्रह गरेका छन् । विगतमा भएका सम्झौता कार्यान्वनय सुरुवात भइसकेको भन्दै डा. केसीलाई केही समय धैर्य गर्न आग्रह गरेका हुन् ।

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले राजधानीमा सोमबार गरेको कार्यक्रममा शिक्षामन्त्री पोखरेलले अधिकारसम्पन्न चिकित्सा शिक्षा आयोग गठन भई कामको सुरुवातमा लागिसकेको भन्दै अरु मागका विषय पनि क्रमस कार्यान्वयनमा जाने बताए ।

‘डा. केसीको आपत्ती संसदबाट मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा ल्याउन लागिएको हो नी’ भन्ने प्रश्नको जवाफमा मन्त्री पोखरेलले संसदको प्रक्रियामा गइसकेको विषयमा टिप्पणी नगर्ने बताए । ‘यो विषय संसदमा प्रक्रियागत ढंगले पुगेको हो । संसदका आफ्नै प्रक्रिया हुन्छन यसमा मैले बोल्नु उचित हुँदैन’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *