नयाँ औषधिको परीक्षण गर्दा एकको मृत्यु, चार जना अपाङ्ग

bio trial

एजेन्सी /पेरिस – ‘खानयोग्य छ कि छैन ?’ भन्दै मानिसमा औषधि परीक्षण गर्ने क्रममा फ्रान्समा एक जनाको मृत्यु भएको छ । परीक्षणमा सहभागी अन्य पाँच जनालाई अस्पतालमा भर्ना गरिएको छ । ती मध्ये चार जना स्थायी रुपमा मानसिक अपांग हुन सक्ने अस्पतालले जनाएको छ ।

पोर्चुगलको कम्पनी बायल फार्मासिटिकलले चिन्ता तथा मानसिक असन्तुलन बढेको व्यक्तिलाई दिन मिल्ने कम्पोजिसन सहित उत्पादन गरेको नयाँ पेन किलर औषधिको परीक्षण बायो ट्रायल इन्टरनेशनलले गरेको थियो । परीक्षणका लागि १८ देखी ५५ बर्ष उमेर समूहका १२८ जना स्वस्थ मानिस रोजिएको थियो । ९० जनालाई फरक फरक मात्राको औषधि दिइएको थियो भने बाकीमा प्लासेभो परीक्षण गरिएको थियो ।

आइतबार युनिभरर्सिटी हस्पिटल अफ रेन्सले विज्ञप्ती जारी गर्दै औषधि सेवन गरेकामध्ये ६ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको र उपचारका क्रममा एक जनाको निधन भएको जनाएको छ । अस्पतालले परीक्षणमा सहभागी अरु पाँचको अवस्था गम्भीर तर स्थीर रहेको उल्लेख गरेको छ ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले यो घटनालाई दुखद दुर्घटना भन्दै छानवीन प्रकृया अघि बढाएको बताएको छ । औषधि परीक्षण गर्ने कम्पनी बायो ट्रायलले भने परीक्षण गर्ने अन्तराष्ट्रिय मान्यता अनुरुप नै औषधिको परीक्षण भएको भन्दै आफ्नो बचाउ गरेको छ । कम्पनीले आइतबार नै विज्ञप्ती जारी गर्दै ज्यान जानुमा कुनै कमजोरी नभएको दावी गरेको छ । उसले परीक्षणको सुरुवाती प्रकृया देखिनै आफू र स्वास्थ्य मन्त्रालयबीच निरन्तर सम्पर्क भइरहेको जनाएको छ ।

सहभागीहरुलाई ७ जनवरीमा पहिलो चरणको औषधि खुवाइएको थियो । तर १० जनवरीमा केही सहभागीहरुमा खराब लक्षण देखिएको देखा परेको थियो । असर देखिएकोहरुलाई कम्पनीले तत्काल रेन्सको अस्पतालमा भर्ना गरेको थियो ।

परीक्षणका क्रममा ज्यानै जाने देखिएपछि तत्काल औषधिको परीक्षण स्थगित गरिएको थियो भने बाँकी सहभागीहरुलाई यसबारेमा जानकारी दिइएको थियो । फ्रान्सका औषधि विज्ञहरुले परीक्षणको पहिलो चरणमै यस्तो खराव लक्षण देखिनु एकदमै विरलै घटना भएको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *