पूर्वी पाल्पामा देखियो पशुबाट सर्न सक्ने डरलाग्दो रोग ‘एन्थ्रेक्स’

292
Shares

नेपाली हेल्थ / काठमाडौँ – antreskपूर्वीपाल्पाको गल्धा गाँउ विकास समितिमा पशुबाट मानिसमा सर्न सक्ने रोग एन्थ्रेक्स देखा परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले गत साउन भदौबाट भकाभक पशुचौपाया मरेको र परीक्षणका क्रममा एन्थे्रक्सका जीवाणु भेटिएको जानकारी आइतबार स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई गराएको छ ।

महाशाखाले रोग मानिसमा सरे नसरेको जानकारी लिन केन्द्रबाट विशेष टोली सोमबार नै जिल्ला पठाउने भएको छ । महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले आइतबार तीन बजे महाशाखालाई जानकारी आएको भन्दै सोमबार नै टोली पठाउन लागेको बताए ।

एन्थे्रक्स लागेका पशुको दुध घिउ मासु खाने तथा गोवर पिसाव तथा स्वयं पशुको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने सम्भावना रहेको डा. मरासिनीले बताए । उनले गल्धामा मानिसमा सरे नसरेको जानकारी आइनसकेको भन्दै विशेष टोलीले अध्ययन पछि मात्रै भन्न सकिने बताए ।

डा. मरासिनीका अनुसार एन्थ्रेक्स रोग लागेपछि छाती, पेट र छालामा संक्रमण हुने भन्दै छाला बाहेक अन्य स्थानको संक्रमणले ज्यान नै जाने सम्भावना रहन्छ । ‘छातीमा संक्रमण भए छाती इन्फेक्सनदेखि निमोनियासम्म हुन सक्ने, उच्च ज्वरो आउने, पेट भित्र भए रगत बान्ता, डाइरिया हुने र छालामा भए डरलाग्दो खटिरा देखिन्छ’  डा.मरासिनीले भने ।

जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पा र जिल्ला पशुसेवा कार्यालय पाल्पाको संयुक्त बैठक पछि तत्काल थप अध्ययन तथा नियन्त्रणका लागि महाशाखालाई जानकारी गराउने निर्णय गरको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *