धुमपान गर्ने युवालाई थाहै नपाई हृदयघात !

नेपाली हेल्थ /काठमाडौँ- धुमपान गर्ने युवालाई थाहै नपाई हृदयघात हुन थालेको चिकित्सकहरुले बताएका छन् । उनीहरुले हृदयघातबाट बच्न धुमपान त्याग्नुको विकल्प नभएको दावी गरेका छन् ।heart attack with sex

धुमपानले मुटुको रक्तनली साघुरो पार्दै जाने र चिल्लो तथा कार्बोहाइट्रेडका कारण उत्पन्न कोलेस्टेरोल उच्च बनाउन थप मद्धत गर्ने भएकोले युवाहरु कम उमेरमै हृदयघातको सिकार हुने गरेको चिकित्सकहरुको भनाई छ । उनीहरुले हृदयघातबाट जोगिनका लागि खानपान, र जीवनशैली परिवर्तन गर्न युवा तथा किशोरहरुलई सुझाव दिएका छन् ।

पाको उमेरमा अर्थात ५० देखी ६० बर्षको उमेरमा लाग्ने रोग भनेर चिनिने हृदयघात पछिल्लो समय २० –२५ बर्षका युवाहरुमा देखिन थालेको छ । चिकित्सकहरुले युवाहरुको खानपान र जीवनशैलीलार्य नै मुख्य कारक मानेका छन । उनीहरुले युवाहरुमा देखिएको धुम्रपान र मध्यपानको लत, प्रतिस्पर्धात्मक दैनिकीले बढाउने तनाव र शारीरिक व्यायममा कमी देखिनु नै युवाहरुमा देखिएको हुदयघातको प्रमुख कारण भएको बताउछन ।

बरिष्ट्र मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी युवाहरुमा बढदै गएको धुम्रपानको लतका कारण कोलेस्टोर उच्च हुने र लक्षण देखिन नपाउदै हृदयघात हुने बताउछन । जंकफुड र फास्टफुडको सेवनले शरीरमा जम्मा हुने ट्रान्सफ्याट( विशाक्त चिल्लो पदार्थ) ले मुटुको समस्या बढाएको उनको भनाई छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक डा जोतेन्द्र शर्माले प्रतिस्पर्धात्मक दैनिकीले बढाएको तनाव अहिले सबैभन्दा बढी युवाहरुमा देखिएको र थाहै नपाई उनीहरु मुटुकोखतरनाक अवस्थामा पुगेको बताउछन । उनले पाको उमेरमा लाग्ने रोग भनेर चिनिएको हृदयघात अहिले कम उमेरकै युवामा बढदै गएको बताए ।

ग्राण्डी इन्टरनेशनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल ५०–६० बर्षको उमेरमा देखिने नभएर चिनिएको हृदयघात अहिले २५–३० बर्षकै उमेरका युवाहरुमा देखिएको बताए । उनले अधिकांशमा ‘रिस्कफ्याक्टर’ विना नै हृदयघातको देखिएको बताए । ‘ धुम्रपान गर्ने , लामो सयम अनिधो बस्ने, शारीरिक व्यायम नगर्ने युवाहरु यसका सिकार भएका छन’ डा अनिललले भने । उनले ‘ कार्वोहाइट्रेड बोसोले रगतमा चिल्लो पदार्थ( कोलेस्टेरोल )को मात्रा बढाउने र चुरोटको सेवनले धमनीमा रगतको क्लट बढाउन मद्धत गर्छ । त्यसैले हृदयघातको पहिलो कारक सूर्तिजन्य पदार्थको प्रयोग त्याग्नुको विकल्प नभएको बताए ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ, २० प्रतिशतलाई कालेस्टेरोल छ, ६ प्रतिशतलाई मधुमेह छ, १ प्रतिशत बालबालिकालाई बाथ मुटुको रोग छ । ८५ प्रतिशत नेपालीले मुटु मैत्री खाना खाँदैनन् । करिब ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । ४० प्रतिशतले चूरोट, सुर्ति सेवन गर्ने गरेका कारण मुटुरोगको समस्या परेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *