मुस्कान छर्नुस, स्वस्थ रहनुस..

एक पटक सम्झनुस त तपाईँ पछिल्लो पटक कहिले मुस्कुराउनुभएको थियो ? सम्झनु भयो ???smile

कन्फ्युज हुनु भयो होला । किनकी तपाँई हाम्रो व्यस्तता यति बढ्यो की हामीले के गरेका थियौ र के गर्दै छौँ भन्ने पनि झट्ट सम्झन सक्दैनौँ । कतिखेर को संग मुस्कुराएका थियौँ वा थिएनौँ पत्तै पराउदैनौँ ।

..खैर केही छैन, तपाईँ सम्झनुस वा विर्सनुस त्यो ठूलो कुरा भएन तर मुस्कुराउन नछाड्नुस । जति व्यस्त भएपनि जति हतार भएपनि मुस्कुराउन भने नछाड्नुस,  मुस्कुराउने प्रयत्न जारी राख्नुस । किनभने तपाईँको मुस्कानले तपाईँको व्यक्तित्वमा निखारता त ल्याउँछ नै त्यो भन्दा महत्वपूर्ण तपाईँको स्वास्थ्यमा समेत सकारात्मक फाइदा पुरयाउछ । अझ भनौ तपाईँको एक मिठो मुस्कान धेरै रोगको औषधि बन्न सक्छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका एक जना प्रोफेसरले हालै गरेको आफ्नो एक खोजमा मुस्कान केवल मनलाई खुशी दिने मात्रै नभई स्वास्थ्य उपचारको अचुक माध्यम समेत रहेको पत्ता लगाएका छन् । खोजकर्ता प्रोफेसर जोन डाल्तनको तर्क छ, मुस्कुराउदा खेरी अनुहार देखि घाँटीसम्मको मांसपेशीको ब्यायम हुन्छ । अनि अनुहारको सबै मांसपेशी कस्सिएर छाला चाउरी पर्न समेत दिदैन ।

उता बोस्र्टन युनिभर्सिटीमा गरिएको अर्को खोजमा मुस्कुराएर गरिएको काम पुरा हुने सम्भावना ५० प्रतिशतले बढ्न जान्छ । यदी तपाईँ कोहीसंग पहिलोपटक भेट्दै हुनुहुन्छ भने मुस्कुराउने गर्नुस । यसले भेटघाटको माहोल नै रमाइलो र सुन्दर बनाउछ जसका कारण तपाईँ खुलेर कुराकानी गर्न सक्नुहुन्छ ।

अनि मुस्कान तपाईँको निजी जीवनमा मात्रै होइन व्याबसायीक जीवनमा पनि धेरै महत्वपूर्ण हुन्छ । जब तपाईँ विहान देखी नै मुस्कुराएर आफ्नो कामको सुरुवात गर्नुहुन्छ । तपाईँको पुरा दिन नै खुशीसंग वित्छ ।

यति कुरा बुझेपछि ढिलो किन ? राम्रो स्वास्थ्यका लागि निशुल्क पाइने मुस्कान किन प्रयोग नगर्ने ?

-एजेन्सी 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *