आलमद्वारा  स्वास्थ्य राज्यमन्त्रीको रुपमा पदबहाली

20
Shares

काठमाडौँ, २२ कात्तिक-

alamविनाविभागीय राज्यमन्त्री मोहमद मुस्ताक आलमले स्वास्थ्य तथा जनसंख्याराज्य मन्त्रीको जिम्मेबारी पाएका छन् । आलमले १३ दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीसंग विनाविभागीय राज्यमन्त्रीको रुपमा सपथ लिएका थिए ।

आलम मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीका तर्फबाट गत संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित हुन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित विशेष समारोहमा आलमले राज्यमन्त्रीको रुपमा पदवहाली गरेका थिए ।

यसअघि गत शुक्रबार फोरम लोकतान्त्रिकका महासचिव समेत रहेका सांसद रामजनम चौधरीले स्वास्थ्यमन्त्रीको रुपमा पदवहाली गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *