उपकुलपति डा. रौनियारमाथि छानवीन गरियोस भन्दै स्वास्थ्य मन्त्रालय पुग्यो अख्तियार

काठमाडौँ, २९ फागुन ।  पदमा हुँदा अनियमिता तथा घोटालाको गरेको आरोप लगाउँदै स्वास्थ्य मन्त्रालयले धरानस्थित बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियार माथि छानवीन गर्न अख्तियारमा सिफारिस गरेको छ ।

प्रतिष्ठानमा बिगतदेखि भएका भनिएका अनियमितताका सम्बन्धमा विभिन्न सञ्चार माध्याममा खवर आएको र सरकारले गठन गरेका दुइवटा समितिको छानविन प्रतिवेदनले समेत सोही संकेत मन्त्रालयले कारबाहीका लागि बुधबार सिफारिस गरेको हो ।

त्यसअघि छानवीनका लागि अख्तियार पठाउने भनेर मन्त्रालयले मंगलबार (हिजो) नै उपप्रधानमन्त्री स्तरीय निर्णय गरेको थियो ।

आज गरिएको सिफारिसमा अनियमितता तथा घोटालाका सम्बन्धमा प्रतिष्ठानका उपकुलपतिले सम्पादन गरेका भनिएका अनियमित कार्यहरुको छानविन प्रतिवेदनसमेत पेश गरिएको छ ।

यसअघि प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गत १७ फागुनमा बसेको प्रतिष्ठानको सिनेट बैठकमा डा रौनियारलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *