क्यान्सर उपचार गराईरहेका बालबालिकासंग ऐश्वर्याको ‘क्रिसमस सेलिब्रेसन’

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या रायले यस वर्षको क्रिसमस क्यान्सरबाट पीडित बालबालिकाको साथमा मनाएकी छन् । क्रिसमस आउनु दुई दिन अघि गत आइतबार बेलुका मुम्बईस्थित टाटा मेमोरियल अस्पताल पुगेर क्यान्सरको उपचार गराईरहेका करीब २०० बालबालिकासंग क्रिसमस मनाएकी हुन् ।

सो अवसरमा उनले बालबालिकालाई उपहार दिदै स्वास्थ्य लाभको कामना गरेकी थिइन । त्यस्तै उनले क्यान्सर पिडीत बालबालिकासंग सेल्फी खिच्ने र बिरामी बालबालिकाको फर्माइस अनुसार नाचगानमा समेत भाग लिएकी थिइन ।

ऐश्वर्यालाई अचानक अस्पतालमा देखेर बालबालिकाहरु दंग थिए । क्रिसमस मनाएपछि ऐश्वर्याले सामाजिक संजालमा तस्बिर समेत सार्वजनिक गरेकी छन् । ऐश्वर्याले सामाजिक संजालमा तस्बिर राख्दै बालबालिका, तिनको अभिभावक र चिकित्सकलाई समेत क्रिसमसको अवसरमा शुभकामना व्यक्त गरेकी हुन् ।

केही दिन अघि मात्रै यस्तै गरी उपहारको पोको बोकेर अमेरिकी पूर्वराष्ट्रपति बराक ओवामा चिल्ड्रेन्स हस्पिटल पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *