नर्भिक अस्पतालले एक सय शैयाको अत्याधुनिक भवन थप्दै

काठमाडौं, १३ असोज । नर्भिक इन्टरनेशनल हस्पिटलले एक सय शैयाको अत्याधुकि भवन थप्ने भएको छ । एक लाख बर्गफिटको क्षेत्र ओगटने उक्त भवन दक्षिण एसियाकै सर्वोत्कृष्ट मध्येको एक हुने हस्पिटलले दावी गरेको छ ।

विश्व मुटु दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष बसन्तकुमार चौधरीले सो घोषणा गरेका हुन् । उनले आफ्नो अस्पतालले छिट्टै अति विशिष्ट क्रायो सेवा, लगायत छुट्टै कोलो–रेक्टल शल्यक्रिया सेवा पनि सुरुगर्ने भएको बताए । समारोहमा विकट स्थानहरुमा र आपतकालीन अवस्थामा प्रयोग हुने हेली रेस्क्यु टोली गठनको जानकारी समेत गराइएको थियो ।

समारोहका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले सरकारले निःशुल्क उपलब्ध गराइरहेको डायलाइसिस लगायतका सेवाहरु निजीमा पनि विस्तार गनुपर्ने र नेपाली स्वास्थ्य सेवाको स्तरलाई उकास्न निजी क्षेत्रका हस्पिटलहरुसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यक रहेको बताए ।

यसैबीच नर्भिकले विविध कार्यक्रमका साथ शनिबार यस वर्षको विश्व मुटु दिवस मनाएको छ । विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु/गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ ।

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर नै अझ पनि मानिसहरु यसको चपेटामा पर्दैआएका छन् र मुटुरोगका बिरामीहरू बढ्दै गइरहेका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नर्भिकका मुटुरोग विभागका निर्देशक प्रा. डा. यादवदेव भट्ट, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाल लगाएतका वक्ताहरुले मुटुरोगका विविध विषयहरुमा प्रकाश पारेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *