डा. केसीको अनसन तोडिएपछि चिकित्सक संघको अस्पताल बन्द कार्यक्रम फिर्ता

काठमाडौँ, ११ साउन । नेपाल चिकित्सक संघले आज देखि गर्ने भनेको अस्पतालको आकस्मिक बाहेकका बन्दको कार्यक्रम फिर्ता लिएको छ । सरकार र डा. गोविन्द केसीबीच सम्झौँता भएको भन्दै संघले अस्पताल बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

संघका महासचिव डा. लोचन कार्कीद्धारा आज जारी सरकार र डा. केसीबीच सम्झौँता भईसकेकोले आज देखि गर्ने भनिएको बन्द गर्ने कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।

संघले हिजो आकस्मिक पत्रकार सम्मेलन गरी आजबाट देशव्यापी रुपमा अस्पताल बन्दको आवहान गरेको थियो । डा. केसीको माग छिटो सम्वोधन गर्न सरकारलाई दवाव दिन बन्दको आवहान गरिएको बताइएको थियो ।

सरकार र डा. केसीवीच हिजो अबेर राती ९ बुँदे सम्झौँता भएको थियो । सो सम्झौँता भएसंगै डा. केसीले २७ दिन लामो अनसन तोडेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *