चिकित्सा शिक्षा विधेयक भोलि बस्ने संसद बैठकमा प्रस्तुत हुने

काठमाडौँ, २७ असार । सरकारले राष्ट्रिय चिकित्सा विधेयक २०७५ भोलि बस्ने भनिएको संघीय संसदको बैठममा प्रस्तुत गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भोलि दिउसो १ बजे पछि बस्ने प्रतिनिधिसभा बैठकमा सो विधेयक पेश गर्ने भएका हुन् ।

यसअघि संसदमा पेश भएको चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेश गर्दा माथेमा आयोगको सुझाव विपरित भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको थियो । त्यस लगत्तै सरकारले प्रतिस्थापन विधेयकलाई संसदबाट फिर्ता गरी नयाँ विधेयक दर्ता गरेको हो ।

गत २३ असारमा दर्ता भएको यो विधेयक पहिले ल्याइएको प्रतिस्थापन विधेयक भन्दा फरक नभएको स्रोतले बतायो ।

संघीय संसदका महासचिव मनोहर भट्टराईले जारी गरेको सूचना अनुसार भोलि दिउसो बस्ने बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा विधेयक २०७५ प्रस्तुत गनेृ उल्लेख छ ।

त्यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई संसदमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएका सांसद गगन थापाको प्रस्ताव समेत संसदमा निर्णयार्थ पेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *