नियुक्ति खारेजीमा परेका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर श्रेष्ठले राजिनामा दिदै

काठमाडौँ, २४ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्राडा रतिन्द्रनाथ श्रेष्ठले पदबाट राजिनामा दिने बताएका छन् । सरकारबाट पदमुक्त भएको चिठी आउनु अघि नै उनले आज रेक्टर पदबाट राजिनामा दिने बताएका हुन् ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकले १४ भदौ देखि २ फागुनसम्मको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेकोे गरेको थियो । शेरबहादुर देउवाले नेतृत्व गरेको अघिल्लो सरकारका स्वास्थ्य मन्त्री दीपक बोहराले गत १० माघमा मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई रेक्टर पदमा नियुक्त गरेका थिए ।

प्राडा श्रेष्ठले भने सरकारी निर्णयको स्वागत गर्दै पत्र आउनु अघि नै राजिनामा दिन लागेको जनाएका हुन् । बुधबारको मन्त्रिपरिषद निर्णयले प्रतिष्ठानका उपकुलपति प्राडा संगिता भण्डारी सहितका सबै पदाधिकारी पदमुक्त भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *