चिकित्सक प्रति मेरो उच्च सम्मान छ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ, २२ बैशाख । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री पद्मा अर्यालले चिकित्सक प्रति आफ्नो उच्च सम्मान रहेको बताएकी छन् । जनताको स्वास्थ्यका लागि रात दिन नभनी खटिने चिकित्सकहरु प्रति आफ्नो उच्च सम्मान रहेको बताएकी हुन् ।

आफ्नो सम्मानमा नेपाल चिकित्सक संघले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राज्यमन्त्री अर्यालले विशिष्ठकृत सेवा दिदै आएका चिकित्सकलाई कतिपय बेला कतिपयले हलुका ढंगले टिप्पणी गर्ने गरेको भन्दै आफू त्यसमा असहमत रहेको बताइन ।

‘काम पनि डाक्टरबाटै लिनु छ । अनि दोष पनि दिनुछ । यो कसरी हुन्छ । जनस्वास्थ्यमा अहोरात्र यसरी खटिने डाक्टरलाई मेरो उच्च सम्मान छ ‘ उनले भनिन् ।

उनले अन्यक्षेत्रमा जस्तै चिकित्सा क्षेत्रमा एकआध व्यक्तिबाट भएका गल्तीले डाक्टरी पेशालाई नै बदनाम गर्न खोजेको भन्दै चिकित्सक संघले विशेष सतर्कता अपनाउन आग्रह गरिन । उनले चिकित्सकहरुका समस्याका बारेमा बसेर छलफल गर्न आफू तयार रहेको बताइन ।

कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले चिकित्सकहरुले उठाएका माग र विगतमा भएका सम्झौँताहरुको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले चिकित्सक संघको भवनका लागि स्वास्थ्य मन्त्रालयबाट हुँदै आएको सहयोग रोकिएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराए ।

कार्यक्रममा पूर्व स्वास्थ्य सचिव डा सुधा शर्मा, डा किरणरेग्मी सहित मन्त्रालयका उच्च अधिकारी, चिकित्सकहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *