सकियो स्वास्थ्य बैज्ञानिकहरुको सम्मेलन, ७ जना युवा बैज्ञानिक पुरस्कृत

काठमाडौँ, २९ चैत ।स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन सकिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा भएको दुई दिने सम्मेलनमा देशभरबाट १ हजार बढी स्वास्थ्य बैज्ञानिकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा ५७ वटा ओरल र ६७ वटा पोष्टर प्रस्तुति भएको थियो ।

समापन समारोहमा बोल्लै परिषदका अध्यक्ष डा अञ्जनीकुमार झाले स्वदेशकै स्वास्थ्य तथा बैज्ञानिकहरुको यसखालको सम्मेलनले नेपालको स्वास्थ्य क्षेत्रको अवस्था दर्शाएको र समस्या पत्ता लगाउन सहयोग पुग्ने बताए । उनले आगामी दिन स्वास्थ्य अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रदेश स्तरबाट यसलाई विस्तार गर्ने बताए ।

यसैबीच समापनका अवसरमा ७ जना युवा बैज्ञानिकहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा मृगेन्द्र सम्झना मेमोरियल चिकित्सा गुठीले स्थापना गरेको युवा अनुसन्धानकर्ताको पुरस्कार डा. सुनिल मुनाकर्मीले पाएका छन् ।

एनएचआरसी युवा हेल्थ रिसर्च अवार्ड डा. मेघनाथ धिमालले पाएका छन् । यस्तै हेल्थ रिसर्च आउटस्टान्डीग अवार्ड डा. दिनेश न्यौपानेले पाएका छन् । यस्तै बेष्ट पेपर अवार्ड विष्णुप्रसाद उपाध्याय, बेष्ट ओरल पेपर अवार्ड मुना भट्टराई र बेष्ट पोष्टर अवार्ड डा. स्मृति पन्तले पाएकी छन् ।

यस्तै गरी बेष्ट पोरफमेन्स अवार्ड इन एनएचआरसी निर्भयकुमार शर्माले पाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *