पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा चन्द्रदेव मेहता

काठमाडौँ, २३ चैत । पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको प्रमुखको जिम्मेबारी चन्द्रदेव मेहताले पाएका छन् ।  स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले गत मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै मेहतालाई सो जिम्मेबारी दिएकी हुन् ।

एघारौँ तहका मेहता यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख थिए ।

यसअघिका पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख महेश खनाल उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि सो पद खाली थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *