बेनी अस्पतालमा उपचार कक्ष भवन निर्माण

म्याग्दी, ३ चैत । म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालमा रु एक करोडको लागतमा २६ श्यया क्षमताका उपचार कक्ष भवन निर्माण भएको छ ।

स्वास्थ्य मन्त्रालयबाट रु ७३ लाख र अस्पताल विकास समितिबाट रु १४ लाख गरी कुल रु एक करोडको लागतमा निर्माण भएको एक÷एक तले पक्की भवनमा २६ वटा श्यया रहेको छ । अन्तरंग, शल्यक्रिया, प्रसूति, गर्भपतन र सुत्केरीका बिरामीका लागि छुट्टाछुट्टै कोठामा श्ययाको व्यवस्था गरिएको अस्पतालका निमित्त प्रमुख डाक्टर विराट शर्माले बताए ।

नयाँ भवन बनेपछि काम गर्न सजिलो र बिरामीलाई सहजरुपमा उपचार सेवा दिन सकिने डाक्टर शर्माले बताइन । बेनी अस्पतालमा गत मंसिरदेखि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङमार्फत रु १८ करोड ८४ लाख आठ हजार ८९ को लागतमा ५० श्यया क्षमताको भवन निर्माण कार्य शुरु भएको थियो ।

अस्पतालको सेवालाई सहजरुपमा सुचारु गर्नका लागि वैकल्पिक भवन निर्माण गरिएको विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिइन । करिब छ महिनादेखि जनस्वास्थ्य कार्यालयको भुइँतलाबाट सञ्चालन हुँदै आएको अन्तरंग विभागलाई शुक्रबारदेखि नयाँ भवनमा स्थानान्तरण गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *