सार्वजनिक शौचालय व्यवस्थापन गर्ने जर्मनीको यस्तो ‘आइडिया’

बीबीसी । संसारभरका शहरहरुमा सार्वजनिक शौचालयहरु धेरैजसो समस्याका रुपमा देखिन्छन् । ती धेरैजसो फोहोर हुन्छन् । बन्द हुन्छन् अथवा असुरक्षित हुन्छन र सधै सफा राख्न महंगा पनि । तर जर्मनीले यो समस्याको समाधान गरेजस्तो छ ।

‘द नाइस ट्वाइलेट स्कीम’ भन्ने योजनाले बारहरु, क्याफेहरु र रेष्टुराँहरुलाई ५० देखि १०० युरो सम्मको पैसा उनीहरुका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिए बापत उपलव्ध गराउने भएको छ ।

ब्रेमेन शहरमा १०० भन्दा बढी व्यवसायी यो स्वयंसेवी कार्यक्रममा सहभागी भएका छन् । ब्रेमेनमा स्थानीय बासिन्दा र सार्वजनिक शौचालयको अनुपात जर्मनीमा सबभन्दा राम्रो बन्न यो योजनाले नजिकै कहाँ सार्वजनिक शौचालय छ भन्ने जानकारी दिने मोवाइल एप पनि बनाएको छ ।

स्थानीय अधिकारीहरुले अहिले ४ लाख ५० हजार मर्मत खर्च जोगाउन पाएका छन् । तर सबै त खुशी छैनन् : यी पसले भन्छन्, ‘जति दुख पाइन्छ त्यसको तुलनामा पाउने शुल्क न्युन छ । जंकीहरु र रक्सीले मातेकाहरु आएर मेरो शौचालय प्रयोग गर्छन । पाउने पैसाले खर्च धान्दैन । बेला बखत भुईमा फालिएका सुई पनि हामीले पाउँछौँ ।’

तर यो योजना महिला, केटाकेटी बूढा बूढी र अपांगहरुबीच लोकप्रिय भएको छ । यो योजना अहिले जर्मनीका २४० र स्वीट्जरल्याण्डमा पनि प्रचलनमा आएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *