यूक्रेनी संसदबाट स्वास्थ्य सेवा सुधार सम्बन्धि विधेयक पारित

कीभ, यूक्रेन, ३ कात्तिक । यूक्रेनी संसदले बिहीबार यहाँको संसदमा लामो समयदेखि विचाराधिन अवस्थामा रहेको स्वास्थ्य सेवा सुधार सम्बन्धि विधेयकलाई पारित गरेको छ ।

संसदको सञ्चार सचिवालयका अनुसार विधेयक पारित गर्नका लागि २२६ सदस्य समर्थन रहनुपर्नेमा २४० मत विधेयकको पक्षमा परेको थियो ।

नयाँ स्वास्थ्य सेवामा राज्यको कुल ग्राहस्थ उत्पादनको कम्तिमा पाँच प्रतिशत बजेट नागरिकका निश्चित स्वास्थ्य सेवा तथा औषधि उपचारमा खर्च गर्ने व्यवस्था गरिएको छ ।

खासगरी राज्यले आपतकालिन औषधी सेवा, आधारभूत स्वस्थ्य सेवा, अध्यधिक पीडादायी स्वास्थ्य सेवा, मातृशिशु स्वास्थ्य स्याहार सेवाका लागि दिइने सेवा तथा सुविधामा उक्त रकम खर्चिने र नागरिकको आधारभूत स्वास्थ्य सेवामा रहेका यस पहिलेका समस्यालाई निराकरण गरिने छ ।

यूक्रेनी प्रधानमन्त्री भोलोदोमिर ग्राइसम्यानले मानव स्वास्थ्य सेवाका लागि भएको कानूनी सुधारप्रति खुशी व्यक्त गर्दै नयाँ कानूनको स्वागत गरेका छन् । यो राज्यको स्वास्थ्यसेवा सुधारको नयाँ उपलव्धि भएको बताए ।

“नयाँ कानूनी प्रावधान अनुसार प्राप्त हुने औषधी र उपचार सेवा उत्कृष्ट तथा सवैलाई उपलव्ध हुने सेवा रहने छ,” ग्रोइसम्यानले ट्वीटर सन्देशमा लेखेका छन् ।

सरकारले नयाँ कानूनलाई सन् २०१८ को जनवरी १ देखि कार्यान्वयनमा लैजाने छ र सन् २०२०को अन्त्यसम्म नागरिकले यसको पूर्णतया महसुस गर्न पाउने छन् । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *