जाजरकोटको दल्लीमा सुरुभयो भिडियो एक्स–रे सेवा

जाजरकोट, २६ भदौ । जिल्लाको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा शुरु भएको छ । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ स्थित दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा शुरु गरिएको हो ।

साविकका आठ गाविस अर्थात्, त्रिवेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका ,तल्लो डोल्पा, रुकुमको पश्चिमी क्षेत्रका स्थानीयले यहाँबाट भिडियो एक्स–रे को सेवा लिन सक्नेछन् ।

स्वास्थ्य मन्त्रालय, जाजरकोट क्षेत्र नं १ मा सांसद शक्तिबहादुर बस्नेतको आर्थिक सहयोगबाट दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा सञ्चालनमा आएको स्वास्थ्य चौकी दल्लीले बताएको छ ।

भिडियो एक्स–रे गर्नकै लागि यहाँका हजारौँ स्थानीय रुकुमको चौरजहारी, नेपालगञ्ज, सुर्खेत जानुपर्ने बाध्यता थियो । अब यहाँ एक्स–रे सञ्चालनमा आएपछि हजारौँ रुपैयाँ खर्च र दुःख हुने कार्य सदाका लागि अन्त्य भएको छ ।

पूर्वी क्षेत्रको केन्द्रबिन्दुका रुपमा रहेको दल्लीमा प्रभावकारी सेवा पाउने आशामा स्थानीयबासिन्दा खुुशी भएका छन् ।

शव परीक्षण गर्नका लागि भवन नहुँदा प्लाष्टिकभित्र राखेर शव परीक्षण हुँदै आएकामा नगरपालिकाको आर्थिक सहयोग पछि अब केही समयभित्र सुरक्षित घरभित्र शव परीक्षण हुने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *