रुकुममा अज्ञात रोगबाट एउटै गाउँका दुई सयभन्दा बढी बिरामी

रुकुम, १ भदौ । जिल्लाको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २०० बढी स्थानीयवासी बिरामी परेका छन् ।

हप्ता दिनयता उनीहरु धमाधम बिरामी परिरहेको स्थानीयवासीले जानकारी दिएका छन् । टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षणका कारण गाउँका धेरैजसो बासिन्दा बिरामी परेको स्थानीयवासी कल्पना बुढाथोकीले जानकारी दिए ।

“भिन्नभिन्न खालका बिरामी दैनिकरुपमा बढ्दै गएका छन्,” उनले भने । बिरामीको अवस्था चिन्ताजनक रहेको छ । स्यालाखदी स्वास्थ्य चौकीमा सामान्य औषधि समेत नरहेको बुढाथोकीले बताए । हालसम्म उक्त प्रकोपबारे पत्ता लाग्न सकेको छैन ।

हरेक दिन बिरामी बढ्दै गएपछि आठविसकोट नगरस्तरीय स्वास्थ्य संस्थाबाट दुईजना स्वास्थ्यकर्मी औषधिसहित त्यसतर्फ पठाएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । एक÷एक जना स्वास्थ्य सहायक र अहेव भरियासहित औषधि लगेर गएका छन् ।

“तत्काल नियन्त्रणमा ल्याउन नसके महामारी फैलने होकी भन्ने चिन्ता छ,” नगर प्रमुख केसीेले भन्नुभयो । टोली आज साँझसम्म खदी पुग्ने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *