अपाङ्गता सम्वन्धी १० बर्षे कार्ययोजनालाई लक्षित गर्दै राजधानीमा बृहत गोष्ठी

काठमाडौं, २५ साउन । अपाङ्गता सम्बन्धी प्रथम राष्ट्रिय समिक्षा तथा योजना तर्जुमा गोष्ठी बुधबारबाट राजधानीमा सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको अपाङ्गता सम्पर्क इकाई रहेको कुष्ठरोग नियन्त्रण महाशाखाले गोष्ठीको आयोजना गरेको हो । तीन दिने सो गोष्ठीमा मन्त्रालय विभाग बाहेक ४६ वटा साझेदार संस्थाको सहभागिता छ ।

महाशाखा प्रमुख चुडामणी भण्डारीले अपाङ्गता व्यवस्थापन नीति रणनीति तथा १० बर्षे कार्यायोजना (२०७३-२०८२) का बारेमा छलफल गर्न गोष्ठीको आयोजना भएको बताए । उनले गोष्ठीको अवधी भर अपाङ्गताको विषयमा के कस्तो कार्यक्रम सञ्चालन भएका छन् ? के कस्ता कार्यक्रम आवश्यकता छन् ? कसले कसरी कार्यक्रम गरेका छन ? कसले कसरी कार्यक्रम गर्नुपर्ने छ भन्ने विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत हुने बताए ।

‘कुष्टरोग नियन्त्रण महाशाखा यसपटक देखि अपाङ्गतासम्वधी सम्पर्क विन्दु समेत हो । त्यसैले हामीले सरोकारवालालाई चिन्ने कामहरु केके गरेका छन भनेर बुझ्ने सल्लाह लिने र दिने कार्य हुनेछ । यसले भईरहेको काम हुनुपर्ने काम र कमजोरीहरुको बारेमा समेत छलफल हुनेछ,’ उनले भने ।

यसैबीच गोष्ठीको उद्घाटन गर्न पुगेका स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा जोड दिए । उनले अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्न सक्ने अपाङ्गमैत्री शौचालय, ¥याम्प निर्माणका लागि पनि विदेशी दातृ निकायसँग सहकार्य गर्ने र विद्यमान अवस्थालाई सुधार गर्ने प्रतिवद्धता जनाए । त्यस्तै अपाङ्गमैत्री स्वास्थ्य सेवाको अवधारणाको विकासलाई पनि विस्तार गर्दै लानुपर्ने मन्त्री पोखरेलको भनाई थियो ।

स्वास्थ्य सचिव डा किरण रेग्मीले अपाङ्गता व्यवस्थापन (रोकथाम उपचार तथा पुनस्थार्पना) नीति, रणनीति तथा १० वर्षे कार्ययोजना (२०७३–२०८२) को कार्यान्वयनको लागि सम्वन्धीत सरोकारवाला सङ्घ संस्थासँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरिन ।

राष्ट्रिय योजना आयोगका सह–सचिव खोमराज कोइराला दिगो विकासको लक्ष्य हासिल गर्न सबै प्रकारको वर्ग समुदायले रोजगार, शिक्षालगायत आधारभुत विषयदेखि अधिकारका कुरामा समेत समान अवसर प्राप्त गर्दै हरेक क्षेत्रमा सबल हुनुपर्ने कुरालाई दस वर्षे रणनीतिको कार्यान्वयनले सम्वोधन गर्ने विचार व्यक्त गरे ।

सो गोष्ठीमा विश्व स्वास्थ्य सङ्गठनका डा. लोमिन दीक्षित र युनिसेफ अन्तरगत मातृ तथा नवजात शिशु विशेषज्ञ डा. आशा पुनले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो अवसरमा स्वास्थ्य सेवा विभागका डा. राजेन्द्रप्रसाद पन्तले विभागले व्यवहारिक र समाधान गर्न सकिने समस्या विभागले हल गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *