कृष्णनगर नगरपालिकाको ५ नम्बर पूर्णखोपयुक्त वडा

कपिलवस्तु, ३१ असार । कृष्णनगर नगरपालिका वडा नं ५ पुर्षोत्तमपुरलाई पूर्णखोपयुक्त वडा घोषणा गरिएको छ । जन्मेदेखि १ बर्षसम्मका बालबालिकाले खोपको मात्रा पुरा पाएकोले यस वडालाई पूर्णखोपयुक्त वडा घोषणा गरिएको हो ।

यो घोषणा सँगै कृष्णनगर नगरपालिका वडा नं ५ नगरपालिकाको पहिलो तथा कपिलवस्तु जिल्लामा १७औं पूर्ण खोपयुक्त वडा बनेको छ।

स्थानिय स्वामित्व र सहभागिता,पुर्ण खोप सुनिश्चिता हाम्रो प्रबिद्धता भन्ने नाराका साथ कृष्णनगर नगरपालिका वडा नं ५, पुर्शोत्तमपुर लाइ पुर्ण खोपयुक्त वडा घोषणा गरिएको छ।

शुक्रबार आयोजित विशेष कार्यक्रममा पूर्व भौतिकयोजना तथा पुर्वाधार राज्यमन्त्री इश्वर दयाल मिश्रले पुर्षोत्तमपुरलाई पूर्णखोपयुक्त वडा घोषणा गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व राज्यमन्त्री मिश्रले पूर्ण खोपयुक्त वडा बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

सो अवसरमा स्वास्थ्यचौकी प्रमुख हेअ बलभद्र यादवले संस्थाको प्रगति प्रतिवेदन पेस गर्दै पूर्णखोपयुक्त वडा बनाउनका लागि चालेका कदमको जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप अधिकृत लक्ष्मेश्वर झाले २०७२ सालमा दादुरा को महामारीबाट कपिलवस्तुमा ४ जनाले बच्चाले ज्यान गुमाएको भन्दै यस्ता घटना दोहोरिन नदिनको लागि पूर्ण खोप कार्यक्रमले ठुलो योगदान दिने बताए । उनले  विभिन्न रोग लाग्न रोक्ने हुँदा सुरक्षित भविष्यको लागि खोपको महत्व रहेको जिकिर गरे।

उक्त कार्यक्रमा विश्व स्वास्थ्य संगठनका डा. नीता पोख्रल,शिवराज अस्पतालका डा. आलोक थैव, नव निर्वाचित वडा अध्यक्ष मो जमिल खान र नवनिर्वाचित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *