हाकिम सरुवा भएपछि स्वास्थ्य बीमा कार्यक्रम अलपत्र !

mohpनेपाली हेल्थ / काठमाडौँ – सरकारले स्वास्थ्य बीमा सुरु गर्नेछौँ भनेर बार्षिक बजेट बक्तव्यमै घोषणा गर्न थालेको तीन बर्ष पुगिसक्यो । तर कार्यान्वनय भने अहिलेसम्म भएको छैन । यस आर्थिक बर्षमा हुने दावि गरिएको थियो तर बीमा कार्यक्रम हेर्ने समितिका कर्मचारीले निर्देशक सरुवा भएको भन्दै यसबर्ष पनि कार्यक्रम लागू नहुने दावी गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका सहसचिव एवं बीमा कार्यक्रम सञ्चालन गर्न गठन गरिएको इकाई सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक श्रीकृष्ण नेपालको गत महिना सरुवा भएको थियो । प्रमुखको सरुवा भएपछि गति लिन लागेको कार्यक्रम पुन सुस्ताएको कर्मचारीहरु बताउछन् ।

पटक पटक घोषणा तर कार्यान्वय सून्य

।<स्वास्थ्य मन्त्रालयले तीन बर्ष अघि नै इलाम, बाग्लुङ र कैलाली जिल्लामा स्वास्थ्य बीमा नमुनाको रुपमा सुरु गर्ने जनाएको थियो । पहिलो पटक घोषणा गर्दा तीन जिल्लामा र दोस्रो पटक घोषणा गर्दा थप पन्ध्र जिल्लामा लागू हुने बताइएको थियो । तर तस्रो पटक घोषणा हुँदा सम्म न पहिलो तीन जिल्लामा लागू भयो न दोस्रो पटक घोषणा भएको १५ जिल्लामा । /p>

स्वास्थ्य मन्त्रालयले तीन बर्ष अघि नै इलाम, बाग्लुङ र कैलाली जिल्लामा स्वास्थ्य बीमा नमुनाको रुपमा सुरु गर्ने जनाएको थियो । पहिलो पटक घोषणा गर्दा तीन जिल्लामा र दोस्रो पटक घोषणा गर्दा थप पन्ध्र जिल्लामा लागू हुने बताइएको थियो । तर तस्रो पटक घोषणा हुँदा सम्म न पहिलो तीन जिल्लामा लागू भयो न दोस्रो पटक घोषणा भएको १५ जिल्लामा ।

कार्यक्रमका लागि छुट्याएको बजेट बर्षेनी रकमान्तर गर्दै अन्यत्र खर्च गर्दै आएको मन्त्रालयले यसपटक पनि घोषणा गर्न छाडेन । पूर्व घोषित तीन जिल्लामा लागू गर्ने र लगत्तै थप १० जिल्लामा समेत काम अघि बढाउने । त्यसका लागि यसपटक ५० करोड रकम विनियोजन भएको छ । तर लागू गर्ने तयारी भएको बेलामा बीमा कार्यक्रमका लागि गठन गरिएको समिति सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक श्रीकृष्ण नेपालको सरुवा भयो ।

स्वास्थ्य मन्त्रालयबाट जनसंख्या मन्त्रालय समेत फुटेको भन्दै थप जनशक्ति नथप्ने भनेपछि सो समिति करीब एक महिना देखी नेतृत्व विहीन बन्न पुगेको छ । समितिका कर्मचारीहरु हाकिम नै नभएको भन्दै यसपटक पनि बीमा लागूृ नहुने दावी गर्छन । ‘अहिलेसम्म केही तयारी छैन । हाकिमको सरुवा भयो । नयाँ हाकिम छनौट भएर आएर उनले कुरा बुझ्दा बुझ्दै यो आर्थिक बर्ष सकिने निश्चित छ’, एक कर्मचारीले बताए ।

तालिमका नाममा विदेश शयर गर्ने तर आएपछि सरुवा हुने

स्बास्थ्य बीमा कार्यक्रमकै लागि भन्दै समितिका अघिल्ला निर्देशक ६ पटक भन्दा धेरै विदेश तालिममा गए । त्यस लगत्तै उनी सरुवा भए नयाँ निर्देशक आए उनले पनि कार्यक्रमबारे बुझ्न भन्दै त्यतिनै पटक विदेश तालिमका लागि गए तर आएर काम गर्ने बेलामा सरुवा भए ।

स्बास्थ्य बीमा कार्यक्रमकै लागि भन्दै समितिका अघिल्ला निर्देशक ६ पटक भन्दा धेरै विदेश तालिममा गए । त्यस लगत्तै उनी सरुवा भए नयाँ निर्देशक आए उनले पनि कार्यक्रमबारे बुझ्न भन्दै त्यतिनै पटक विदेश तालिमका लागि गए तर आएर काम गर्ने बेलामा सरुवा भए

‘कार्यक्रमको नेतृत्व गर्न अब आउने निर्देशक पनि पहिले तालिम र अवलोकनकै लागि विदेश जाने होला त्यसपछि आएर अन्यत्र सरुवा हुन्छन् । कार्यक्रम जस्ताको तस्तै,’ ती कर्मचारीले गुनासो गरे ।

उनले प्रशासन तर्फको व्यक्तिलाई निर्देशक बनाउदा यस्तो समस्या आएको समेत दावी गरे । ‘स्वास्थ्य बीमा कार्यक्रम जनस्वास्थ्यको कर्मचारीलाई नेतृत्व दियो भने उ अन्यत्र सरुवा हुन सक्दैन र काम छिटो हुन्छ । तर विभिन्न मन्त्रालयमा सरुवा हुने प्रशासन क्षेत्रको व्यक्तिलाई दिँदा एक बर्षको काम तीन बर्षमा पनि मुस्किल भएको हो ‘ उनले दावी गरे ।

स्वास्थ्य बीमा लागू हुने थप १० जिल्ला छनौट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार छनौट गरिएका जिल्लाहरुमा प्रदेश नम्वर १ बाट झापा, प्रदेश नं २ बाट रौतहट, प्रदेश नम्वर ३ बाट चितवन र भक्तपुर, प्रदेश नम्बर ४ बाट कास्की र म्याग्दी जिल्ला रहेका छन् । त्यसैगरी प्रदेश नम्वर ५ बाट पाल्पा, प्रदेश नम्बर ६ बाट जाजरकोट र जुम्ला, प्रदेश नम्बर ७ बाट बैतडी जिल्ला छनौट भएको छ ।

त्यसो त सरकारले स्वास्थ्य बीमा लागू हुने थप १० जिल्ला छनौट गरेको छ । संघीय संरचनाको आधारमा ती जिल्ला छनौट गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार छनौट गरिएका जिल्लाहरुमा प्रदेश नम्वर १ बाट झापा, प्रदेश नं २ बाट रौतहट, प्रदेश नम्वर ३ बाट चितवन र भक्तपुर, प्रदेश नम्बर ४ बाट कास्की र म्याग्दी जिल्ला रहेका छन् । त्यसैगरी प्रदेश नम्वर ५ बाट पाल्पा, प्रदेश नम्बर ६ बाट जाजरकोट र जुम्ला, प्रदेश नम्बर ७ बाट बैतडी जिल्ला छनौट भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *