सरकार र डा. गोविन्द केसी पक्षबीचको दोस्रो चरणको बार्ता स्वास्थ्य मन्त्रालयमा सुरु

0
Shares

mohp1 copyकाठमाडौँ, ७ साउन – सरकार र डा. गोविन्द केसी पक्षबीचको दोस्रो चरणको बार्ता केही बेर अघि स्वास्थ्य मन्त्रालयमा सुरु भएको छ । बेलुकासम्म चलेको झण्डै चार घण्टा लामो छलफल सहमति नजिक पुगेको बताइएपनि डा. केसीले कतिपय विषयमा असहमति प्रकट गरेपछि बार्ता आज फेरी सुरु भएको हो ।

बार्ताका लागि सरकारका तर्फबाट स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती, प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी र शिक्षाका निमित्त सचिव डा, लवदेव अवस्थी छन् । केसीका तर्फबाट डा. रञ्जन सापकोटा, डा .जीवन क्षेत्री, डा. अञ्जनीकुमार झा लगायतका छन् ।

हिजो नै राती दोस्रो चरणको बार्ता गर्ने भन्दै छुट्टीएका सदस्यहरु सहमति हुन नसक्ने देखेपछि आजका लागि सारेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *