बालुवाटारमा भएको विद्यार्थीको प्रदर्शनमा प्रहरीे हस्तक्षेप, १२ जना पक्राउ
काठमाडौँ, ४ साउन – प्रधानमन्त्री निवास घेराउ गर्न पुगेका महाराजगञ्ज क्याम्पसका विद्यार्थी र प्रहरीबीच बालुवाटारमा तनाव भएको छ । सो क्रममा १२ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
१० दिन देखी आमरण अनसन बसेका डा केसीको मागका बारेमा सरकार सम्वेदनशील नभएको भन्दै डा केसीका समर्थक विद्यार्थीहरु बालुवाटार पुगेका थिए ।
विद्यार्थी सुमन आचार्यका अनुसार प्रहरीले बद्री अर्याल, विशाल दाहाल सहितका १२ जना विद्यार्थीहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी बृत्त कमलपोखरीमा राखेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



